१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा माल्दिभ्सको नाममा क्रिकेट इतिहासमै सबैभन्दा लाजमर्दो रेकर्ड कायम भएको छ । महिला टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट भएको रेकर्ड माल्दिभ्को नाममा दर्ता भएको हो ।आज भएको बंगलादेशविरुद्धको खेलमा माल्दिभ्स ६ रनमै अलआउट भएको छ । आजको खेलमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ । शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् ।जवाफमा मैदान उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो । यससँगै माल्दिभ्सले टी–२० महिला क्रिकेटको खराब रेकर्डसँग बराबरी गरेको छ । १८ वजवरी २०१९ मा रुवाण्डाविरुद्ध भएको खेलमा मालीले ६ रनको न्यून स्कोर बनाएको थियो ।

यो पनि:-प्युठानको खलंगामा मल्लरानी ब्याड्मिन्टन कप प्रतियोगिता उपाधि प्युठान नगरपालिका टिमले जित्न सफल भएको छ ।राष्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ र मल्लरानी ब्याडमिन्टन कप खेल व्यवस्थापन समिति खलंगा प्युठानको आयोजनामा सन्चालन भएको प्रतियोगितामा प्युठानका २१ टिमले सहभागिता जनाएको थिए ।

नक आउट चरणमा खेलाइएको खेल जित्दै मल्लरानी टिम र प्युठान नगरपालिकाका टिमबिच उपाधिका लागि प्रतिस्पर्धां भएको थियो जसमा प्युठान नगरपालिकाको टिेमले मल्लरानीको टिमलाइ ३–० को सोजो सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भयो । प्रथम हुन सफल प्युठान नगरपालिका टिममा कृष्ण बहादुर श्रेष्ठ र बिनोद न्यौपाने रहेका थिए । त्यस्तै दितिय स्थान हासिल गर्न सफल मल्लरानी टिममा चन्द्र गुरुङ र जिवन रावत रहेका थिए त्यसैगरी तेस्रो स्थानमा पर्न सफल टिममा खिर बहादुुर डागि र भिम बहादुर बिक रहेका थिए ।