काठमाडौँ । नेपालमा जारी १३औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले आफ्नो पहिलो खेलमा १०९ रनको बिजयी सुरुवात गरेको छ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेश यु–२३ टोलीले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको थियो।बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट लिएका थिए

बंगलादेश यु–२३ टोलीका लागि ओपनर मोहमद नयिमले २८ बलमा ३८ रन, अर्का ओपनर तथा कप्तान सोम्य सरकारले ३३ बलमा ४६ रन, तेस्रो नम्बरमा ब्यटिङ्ग गर्न आएका नाजमुल हुसैनले ३८ बलमा ४९ रन, अफिप हुसेनले ९ बलमा १६ रन, यासिर अलि १० बलमा १२ रन र जाकिर हसनले २ बलमा ४ रनको विस्फोटक ब्याटिंग गरेका थिए।जवाफी ब्याटिंगमा १७५ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको माल्दिभ्स ६५ रनमै अलआउट भयो ।

माल्दिभ्सका लागि ओपनर मोहमद अलि इभानले १२ रन, अर्का ओपनर अहमद हसनले १० रन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट लिएका थिए । आजको खेलमा म्यान अफ दि म्याच पनि बंगलादेशका तन्भिर इस्लाम घेषित भए।हसनले २ बलमा ४ रनको विस्फोटक ब्याटिंग गरेका थिए।जवाफी ब्याटिंगमा १७५ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको माल्दिभ्स ६५ रनमै अलआउट भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *