माघ ६, काठमाडौ  बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ । मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ । जारी लिगमा ११ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र ४ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा रहेको सिक्ससबिच यो सिजनमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो।

पहिलो भेटमा सिक्ससलाइ मेलवर्बले ४४ विकेटले पराजित गरेको थियो।जारी लिगमा सन्दिपले १० खेलमा १२ विकेट लिएका छन् । अघिल्लो खेलमा मध्यम प्रदर्शन गरेका सन्दिप आजको खेलमा टिममा पर्ने सम्भावना प्रबल रहेको छ। यो पनि :-यस खेलअघि सर्बाधिक विकेट लिनेको सूचीमा ‘टप–९’मा रहेका सन्दिप पर्थ स्कोरर्चर्सविरुद्ध १ विकेट लिएपछि ‘टप–७’मा उक्लिएका हुन् ।यो सूचीको शीर्ष स्थानमा सिड्नी थन्डरका डानियल साम्स छन् । उनले ११ म्याचमा १७ विकेट लिएका छन् । दोस्रो स्थानमा हरिस रौफ, तेस्रोमा राशिद खान, चौथोमा झाय रिचडर्सन र पाँचौमा टम करन रहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *