आईपीलको आगामी संकस्करणका लागि आज खेलाडको लिलामी हुँदै छ । कोलकतामा हुन लागेको लिलामीमा ८ टिमले ७३ जना खेलाडीलाई खरिद गर्दा २०७.६५ करोड रुपैयाँ खर्च गर्न सक्ने छन् ।गत संस्करणको प्रदर्शनका आधारमा ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई रिटेन गरेका थिए । यसका आधारमा २९ विदेशी खेलाडीसहित सवैजम्मा ७३ खेलाडी माथि बोलकबोल हुने छ ।
चेन्नाई सुपर किंग्सले २०, दिल्ली क्यापिटल्सले १४, किंग्स इलावेन पञ्जावले १६, कोलकता नाइट राइडर्ससले १४, मुम्बई इण्डियन्सले १८, राजस्थान रोयल्सले १४, रोयल च्यालेन्जर्स बैंग्लोरले १३ र सनराईज हैदराबादले १८ खेलाडी रिटेन गरिसकेका छन् ।

लिलामीमा चेन्नाई सुपर किंग्सले ५, दिल्ली क्यापिटल्सले ११, किंग्स इलावेश पञ्जावले ९, कोलकता नाइट राइडर्ससले ११, मुम्बई इण्डियन्सले ७, राजस्थान रोयल्सले ११, रोयल च्यालेन्जर्स बैंगलोरले १२ र सनराईजर्स हैदराबादले ७ खेलाडी खरिद गर्न पाउने छन् ।चेनाईसँग ७०.४० करोड, दिल्लीसँग ५७.१५ करोड, पञ्जावसँग्े ४२.३० करोड, कोलकतासँग ४९.३५ करोड, मुम्बईसँग ७१.९५ करोड, राजस्थानसँग ५६.१० करोड, बैंग्लोरसँग ५७.१० करोड, हैदरावादसँग ६८ करोड रुपैयाँ खेलाडी रिटेन गर्दा खर्च भइसकेको छ । आज हुने लिलामीमा चेन्नाईले १४.६० करोड रुपैयाँमा ५ खेलाडी खरिद गर्नु पर्ने छ ।

यसैगरी दिल्लीले २७.८ करोडमा ११ खेलाडी लिन पाउँदा पञ्जावले ४२.७० करोडमा ९ खेलाडी लिने छ । त्यसैगरी कोलकताले ३५.६५ करोडमा ११ खेलाडी खरिद गर्दा मुम्बईले १३.०५ करोडमा ७ खेलाडी लिन पाउने छ । राजस्थानले २८.९० करोडमा ११ खेलाडी लिँदा बैंग्लोरले २७.९० करोडमा १२ र हैदरावादले १७ करोडमा ७ खेलाडी लिन पाउने छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *