नेपालले फ्रेबुअरी ५ देखि १२ सम्म कीर्तिपुरमा विश्व क्रिकेट लिग टु अन्तर्गत ओमन र अमेरीकासँगको त्रिकोणीय एकदिवसीय सिरिज खेल्ने भएको छ । दुई दिनअघि काठमाडौं सम्पन्न आईसीसीको प्रतिनिधि मण्डल र क्यानको बैठकमा सिरिजको तयारीबारे छलफल भएको हो । ओमन र अमेरिका दुवै एकदिवसीय मान्यता प्राप्त टोली भएका कारण सो सिरिजलाई आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिनेछ […]
भारत र वेस्ट इन्डिजको अन्तिम तथा निर्णायक टि-ट्वान्टी खेल आज
मंसिर २५ काठमाडौ आज भारत र वेस्ट इन्डिजको निर्णायक खेल हुदैछ । बराबरीमा रहेको टी-२० सिरिजमा दुबैलाई सिरिज जित्ने मौका एवम् चुनौती रहेको छ । वानखेडेमा हुने आजको खेल नेपाली समयानुसार बेलुकी ७:१५ बाट सुरु हुनेछ । पहिलो खेलमा वेस्ट इन्डिजलाई हराउदै भारतले ६ विकेटले जीत हात पार्यो भने दोस्रो खेलमा भारतलाई ८ विकेटले पराजित […]
यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी पुरा विवरण हेर्नुहोस्
मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक सफलता प्राप्त गर्यो। यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर इतिहास कायम गरेको छ। साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो।सागमा […]
बधाई साग पुरुष फुटबलमा नेपाललाइ ऐतिहासिक स्वर्ण पदक
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । फाइनलमा भुटानलाई २-१ गोलले हराउँदै नेपालले स्वर्ण पदक जित्न सफल भएको हो । लगातार दुई सागको स्वर्ण जितेको नेपालका लागि यो ऐतिहासिक सफलता हो ।दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले निकै राम्रो टक्कर दिएको थियो । खेलको नबौ मिनेटमा मिक्चेन […]
श्रीलंका र बङ्गलादेशले स्वर्ण जित्दा नेपाललाई दोहोरो कांस्य
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ ।क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको लागि पहिले ब्याटिङ […]
सागको महिला क्रीकेटमा बङ्गलादेशद्वारा माल्दिभ्सलाइ 6 रन मै अल आउट
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा माल्दिभ्सको नाममा क्रिकेट इतिहासमै सबैभन्दा लाजमर्दो रेकर्ड कायम भएको छ । महिला टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट भएको रेकर्ड माल्दिभ्को नाममा दर्ता भएको हो ।आज भएको बंगलादेशविरुद्धको खेलमा माल्दिभ्स ६ रनमै अलआउट भएको छ । आजको खेलमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ […]
भुटानमाथी नेपालको 141 रनको शानदार जित
दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि 141 रनको भारी अन्तरले हराएको छ ।नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले । टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् […]
टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए
भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट वरियताको शिर्ष स्थानमा उक्लिएका छन्। आईसीसीले जारी गरेको नयाँ वरियतामा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथलाई पछि पार्दै कोहली शिर्ष स्थानमा उक्लिएका हुन्। यसपटक वरियतामा ठूलो छलाङ मारेका छन्। उनी १२ स्थान माथि उक्लिँदै वरियताको ५ औं स्थानमा आएका छन्। यस्तै अष्ट्रलियाकै अर्का खेलाडी मार्नस लाबुसने आठौं स्थानमा आएका छन् […]
सागको पुरुष क्रीकेटमा बङ्गलादेश 109 रनको फराकिलो अन्तरले विजय
काठमाडौँ । नेपालमा जारी १३औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले आफ्नो पहिलो खेलमा १०९ रनको बिजयी सुरुवात गरेको छ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेश यु–२३ टोलीले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको थियो।बंगलादेशका लागि तन्भिर इस्लामले ४ ओभरमा १९ रन जोड्दै ५ विकेट […]
नेपालद्वारा बङगलादेशलाइ झिनो लक्ष्य प्रस्तुत
साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके भने चार खेलाडीले खाता खोल्न सकेनन् । टिमका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । स्कोरबोर्डमा […]