काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ ।क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको लागि पहिले ब्याटिङ गर्दै बङ्गलादेशको महिला टोलीले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा ९१ रनको सामान्य स्कोर बनाएको थियो ।बङगलादेशले दिएको ९२ रनको लक्ष्य पछ्याउन मैदान आएको श्रीलंकाको यु–२३ महिला क्रिकेट टोलीले २० ओभर ९ विकेट गुमाउँदै ८९ रन मात्रै जोड्न सक्दा २ रनको हार बेहोर्न पुग्यो ।योसंगै साग क्रिकेट इतिहासको महिला तर्फको पहिलो स्वर्ण बङगलादेशले जितेको छ ।

त्यसैगरी पुरुष क्रिकेटमा श्रीलंकाले स्वर्ण पदक जितेको छ । भने बङ्गलादेशले रजत जित्दा नेपालले कांस्य पदक हात पारेको छ ।आइतबार नै पुरुष क्रिकेटतर्फको स्वर्ण पदकका लागि भएको खेलमा श्रीलंकाले बङ्गलादेशलाई ९ विकेटले हराउदै स्वर्ण जितेको हो ।टस जितेर पहिलो ब्याटिङ गरेको बङगलादेश यु–२३ को टोलीले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ५० जोडेको थियो ।बङगलादेशले दिएको १ सय ५१ रनको लक्ष्यलाई पछ्याउन मैदान आएको श्रीलंकाको यु–२३ टोलीले १६ दशमलब १ ओभरमा १ विकेटको नोक्सानीमा १ सय ५१ रन जोड्दै जित हासिल गरेसंगै स्वर्ण पदक जित्यो ।news24